वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन पश्चिम बागलुङमा रोचक हुने निश्चित जस्तै देखिन्छ । ढोरपाटन नगरपालिकामा गठबन्धन भर्सेज एमाले हुने करिब पक्कापक्की भैसको देखिन्छ ।
स्थानीय तहको निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपाले ढोरपाटन नगरपालिकामा वडा अध्यक्षको उम्मेदवारी घोषणा केहि समय अगाडी गरिसकेको थियो । ढोरपाटन नगरपालिका वडा नम्बर १ मा हरि बहादुर कुवँर, वडा नम्बर २ मा दिल बहादुर कुमाल, वडा नम्बर ३ मा बालकुमार छन्त्याल, वडा नम्बर ४ मा शुसिल वि.क, वडा नम्बर ५ मा शिवध्वज पुन, वडा नम्बर ६ मा महेन्द्र भण्डारी, ७ मा खगेन्द्र घर्तीमगर, ८ मा भूमिकर्ण घर्ती मगर र ९ मा राधा सुनुवार वडा अध्यक्ष चयन भएका थिए ।
विप्लव नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा भाग नलिने जनाए पनि यस क्षेत्रका कार्यकता भने स्वतन्त्र उम्मेदवारको नाम दिएर चुनावमा होमिएका छन् । ९ ओटै वडामा गठबन्धन र एमालेको वडा अध्यक्षको नाम फाईनल भैसको भने छैन । तर विप्लव नेतृत्वको नेकपामा आवद्ध ढोरपाटन नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार हरि बहादुर कुवँरले आफ्नो उम्मेदवारी किन भन्ने बारे स्पष्ट पारेका छन् ।
बाकीँ कुवंरकै फेसबुक स्टाटसबाट
आदरणीय ढोरपाटन नगरपालिका वडा नम्बर १ निवासी आमाबुवा,दाजुभाइ,दिदिबहिनी,अभिभावक,उद्योगी व्यापारी,पेशाकर्मी,शिक्षक,विद्यार्थी,पत्रकार,बुद्धिजीवी जनसमुदायहरुमा नमस्कार !
अरुलाई रोजियो पटकपटक !
साझा स्वतन्त्र उम्मेदवारलाई रोजौ एक पटक !!
ढोरपाटन नगरपालिका वडा नम्बर १ अध्यक्ष पदका साझा स्वतन्त्र,राष्ट्रबादी,देशभक्त , राष्ट्रघाती एम सी सी को बिरोधी उम्मेदवार श्री हरि बहादुर कुवँरलाई भारी मतले बिजय गरायौ यस पटक !!
उम्मेदवारी किन ???
१) राष्ट्रघाती एमसिसीको खरो विरोध गर्न
२) वडा नम्बर १ को भब्रेता र पोखरी धारा खप्तरिवाङ क्षेत्रलाई कृषि हर्ब र पशुपालन क्षेत्रको रुपमा बिकास गर्न ।
३) भ्रष्टाचार मुक्त पालिका र वडा बनाउन
४) पश्चिम बागलुङको बुर्तिबाङ खप्तरीबाङ रहेको निसिभुजी जनता क्याम्पस,उत्तरगंगा नमुना मा.वि. को बिद्यालय ब्यबस्थापन समिति गठन गरि पढाईको स्तरमा सुधार ल्याउन र प्राथमिक स्वास्थ्य केन्द्रमा सुधार गरि अस्पतालको सेवा थप विस्तार गर्न
५) जनपक्षीय विकास गर्न
६) खानेपानीलाई थप ब्यबस्थापन गरि नगरबासिलाई शुद्ध खानेपानीको ब्यबस्था गर्न
७) बजार क्षेत्रमा हुने फोहोर थप नियमित ब्यबस्थापन गर्न
८) समाज सुधार गर्न र विकृति,विसंगति मुक्त वडा पालिका बनाउन
९) नमुना वडा पालिका बनाउन
१०) ढोरपाटन उद्योग बाणिज्य संघ सँग मिलेर बजार ब्यबस्थापन गरि बजारमा भएका अनियमितता कमिकजोरीहरुको अन्त्य गर्न
११) शहरी बिकास सँग मिलेर ढल निकासको राम्रो पुर्बाधार निर्माण गर्न
१२) भुजी खोला तमान खोलामा तत्बन्ध निर्माणकाका लागि माथिल्लो निकाएमा विशेष पहल गर्न
१३) जेष्ठ नागरिकलाई नियमित रूपमा स्वास्थ्य चेकजाँच गरि निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन
कुनै आफ्नो ब्यक्ति पार्टी नभनौ,भ्रष्टाचार अन्त्य गर्नको लागि स्वतन्त्र उम्मेदवारलाई जिताउ यसपटक ।।
धन्यवाद ।
हरि बहादुर कुवँर
ढोरपाटन नगरपालिका १ बुर्तिबाङ










