मोरङमा गएराती मोटरसाइकल दुर्घटना : ‘बाबुछोराको मृत्यु’

मोरङमा गएराती मोटरसाइकल दुर्घटना : ‘बाबुछोराको मृत्यु’
२०८१ मङ्सिर ३० गते आईतबार ०९:०२

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित नहरको पुलमा शनिबार राति करिब १ बजे प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको हो । दुर्घटनामा...

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित नहरको पुलमा शनिबार राति करिब १ बजे प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको हो ।

दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का ४५ वर्षीय उमेश मरिक र उनका २२ वर्षीय छोरा आशिक मरिकको मृत्यु भएको प्रहरीला जानकारी दिएको छ।

छोरा आशिकले चलाएको उक्त तीब्र गतिको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

प्रकाशित मिति २०८१ मङ्सिर ३० गते आईतबार ०९:०२
प्रतिक्रिया दिनुहोस्