चितवनकी एक महिलाले काठमाण्डौमा आत्मदाह गरेकी छिन्। चितवनको रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्यले काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्नादाह गरेकी हुन्।
काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार , परिवारसँग काठमाण्डौको बौद्धस्थित नारायणटारमा बस्दै आएकी आचार्यले शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर आफैँलाई आगो लगाएकी थिइन्। त्यति बेला शरीरमा आगो लगेर गम्भीर घाइते भएकी आचार्यलाई तत्र्काल साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएकोमा उनको त्यही उपचारका क्रममा मृत्यु भएको एसएसपी रजौरेले जानकारी दिए।
उनले किन आत्मदाह गरेकी हुन् भन्ने बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति २०८१ मङ्सिर ३० गते आईतबार ०९:१३