रविलाई थप चार दिन हिरासतमा राखिने

रविलाई थप चार दिन हिरासतमा राखिने
२०८१ पुस २ गते मङ्गलबार ०२:५२

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीले थप चार दिन म्याद थप गरेको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक...

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत कास्कीले थप चार दिन म्याद थप गरेको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थप भएको छ ।

अन्तिम पटक म्याद थपेर पुस ५ गतेसम्म अभियोजन दर्ता हुनेछ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्धको अनुसन्धान सक्काएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको थियो ।

प्रतिवेदन अध्ययन विश्लेषण गर्नुपर्ने भएकाले म्याद थप गर्न लागिएको हो । अनुसन्धान प्रतिवेदनले रविसहित ५१ जनालाई प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २ गते मङ्गलबार ०२:५२
प्रतिक्रिया दिनुहोस्