पोखरा । पर्यटकीय नगरी पोखरामा यतिबेला दैनिकजसो सवारी दुर्घटना हुँदा मानिसको मृत्यु हुने गरेको छ। पोखरामा मंगलबार साँझ पनि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको बाप००६ख ५४४३ नम्बरको बसले पृथ्वी राजमार्गबाट भित्री सडकतर्फ जान लागेको ग२१प ६४७४ नम्बरको स्कुटरलाई लामेआहालमा पृथ्वी राजमार्गमा मंगलबार साँझ सवा ५ बजेतिर ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक पोखरा वडा नं. ३२, लामेआहालका डम्बर बहादुर पुनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ पौने ७ बजे ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा बसको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ भने दुर्घटनाग्रस्त । प्रहरीले बस र बस चालक खोटाङका रमेश बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गएराति मात्रै पोखराको बुढीबजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक पोखरा वडा नं. ३३, बागमाराका २८ वर्षीय अशोक लामिछानेको मृत्यु भएको थियो ।









