पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते
२०८१ पुस ४ गते बिहिबार ०५:३८

कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो । पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा...

कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

प्रकाशित मिति २०८१ पुस ४ गते बिहिबार ०५:३८
प्रतिक्रिया दिनुहोस्