श्री सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
२०८१ पुस ९ गते मङ्गलबार ०७:१५

पोखरा । श्री सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्थाको बाइसौ बार्षिक साधारण सभा तथा आठौ अधिवेशन लिचीबोट पार्टी प्यालेसमा सम्पन्न भएको छ। उक्त अधिबेशनले भगवती कोइरालाको अध्यक्षतामा ९ सदस्यि नयाँ कार्य समिति निर्वाचित गरेको...

पोखरा । श्री सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्थाको बाइसौ बार्षिक साधारण सभा तथा आठौ अधिवेशन लिचीबोट पार्टी प्यालेसमा सम्पन्न भएको छ। उक्त अधिबेशनले भगवती कोइरालाको अध्यक्षतामा ९ सदस्यि नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

उक्त नव गठित नयाँ कार्य समितिको उपाध्यक्षमा इन्दु कोइराला, सचिवमा इन्दिरा पौडेल र कोषाध्यक्षमा शान्ति अधिकारि निर्वाचित भएका छन भने सदस्यहरुमा लक्ष्मी कोइराला, प्रेमकुमारी पराजुली, गंगा बराल, कल्पना गौतम र माया थापा मगर निर्वाचित भएका छन् |

बाइसौ साधारणसभा तथा आठौ अधिबेशनको उद्धघाटन गर्दै यसै सस्थाका सस्थापक अध्यक्ष तथा प्रमुख अतिथि प्रभा कोइरालाले सहकारी बचत तथा ऋण लगानीमा मात्र नभई उधमशिलता तर्फ पनि लगानी गर्न सहकारीका सदस्यहरुलाई आकर्षित गर्ने योजनाहरु संचालन गर्नु पर्ने बताउनु भयो । सहकारीका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै सहकारीका सदस्यहरुलाई आत्म निर्भर हुने उधमशिल,कृषि तथा आय आर्जनको क्षेत्रमा ऋण लगानी गरी त्यसको उचित अनुगमन र प्रोत्साहन गर्न सके सहकारी प्रति आकर्षण बढ्ने अध्यक्ष कोइरालाले बताउनु भयो ।

श्री सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकका अध्यक्ष भगवती कोइरालाले संस्थाको बार्षिक प्रगती प्रतिबेदन, सचिवको प्रतिवेदन इन्दिरा पौडेल, कोषाध्यक्षको प्रतिवेदन कल्पना गौतम, लेखा समितिको प्रतिवेदन शुशिला कोइरालाले प्रस्तुत गर्नुभएको थियो । यसै सस्थाका इन्दु कोइरालाले स्वागत मन्तव्य र कार्यक्रम सचिव इन्दिरा पौडेलले संचालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सहकारीका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०८१ पुस ९ गते मङ्गलबार ०७:१५
प्रतिक्रिया दिनुहोस्