पोखराको सेती नदीको खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै हिँड्ने क्रममा ६१ वर्षीय उजिर बहादुर पुन अचानक सेती नदीको खोचमा खसेका थिए |
घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब १५ मिटर तल खोँचमा खसेका उनको बिहीबार बेलुका मालेपाटनामा रहेको सशस्त्र प्रहरीको टोलीलेउद्धार गरेको हो ।
उनलाई सशस्त्र प्रहरीको उद्धार टोलीले टाउकोमा सामान्य चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज नयाँबजार पठाएको एसपी शर्माले जानकारी दिएका छन् |
प्रकाशित मिति २०८१ पुस १२ गते शुक्रबार १०:१३