यात्रुबाहक बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

यात्रुबाहक बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु
२०८१ पुस १७ गते बुधबार ११:५९

सर्लाहीमा गएराति पौने ९ बजे यात्रुबाहक बसले किच्दा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ। जिल्लाको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि अनियन्त्रित भएर बागमती प्रदेश०१–००६ख २००४...

सर्लाहीमा गएराति पौने ९ बजे यात्रुबाहक बसले किच्दा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ।

जिल्लाको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि अनियन्त्रित भएर बागमती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिदा त्यस बसले किचेर सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) विजय कुमार तुलाधरको मृत्यु भएको हो।

बसले किचेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी निरिक्षक तुलाधरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका रहरीले जानाकारी दिएको छ। ।

प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ११:५९
प्रतिक्रिया दिनुहोस्