मुगुको छायाँनाथ रारा नगरपालिका–१३, लुम गाँउका १२ वर्षीय एक बालकको घाँटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ ।
उपचार गर्न आर्थिक अभाव भएपछि उनी भरतपुर अस्पतालको शैय्यामा छटपटाइ रहेका छन् । बुबा राज बहादुर खड्का र आमा उजेली खड्काका एक मात्र छोरा बिग्नेश खड्काको अहिले घाँटीमा क्यान्सर भएको पत्ता लागेको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको बेड नम्बर २९९ मा भर्ना भएका उनलाई उपचार खर्चको अभाव भएको अभिभावकहरुले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र केही आफ्नो सम्पत्ति विक्री गरेको रकम पनि सकिएकाले सहयोगको याचना गरिएको हो ।

‘सबै पैसा सकियो । अहिले बिहान बेलुका खानसम्म समस्या भएको छ । थप उपचार गर्न धेरै रुपंैयाँ खर्च हुने रहेछ । दुई हप्ता देखि औषधि गर्ने रुपैंयाँ नहुदा अहिले बच्चा बेडमा छट्पटाई रहेको छ । सबैबाट सहयोगको खाँचो छ,’ बुबा राजबहादुरले भने । मनकारी सहयोगी मनहरुलाई आर्थिक सहयोग गरी दिन समाजसेवी मनकृष्ण बढुवाल र बिरश बढुवालले समेत आग्रह गरेका छन् ।
सहियोगका लागि : ९८६८२२२३१३१
नाम : उजेली खड्का (आमा)
खाता नं : १३१०१०००६३७०७०१०
बैंक नाम : राष्ट्रिय बाणिज्य बैंक
सम्पर्क नं : ९७६६२१११८२










