दैलेखमा एक साताअघि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन्। पुस १३ गते शनिबारदेखि घरबाट भागेका भगवतीमाई गाउँपालिका–४ मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक पुस २१ आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ।
मानसिंह स्थानीय कालिका माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए भने शर्मिला पनि सोही स्कुलको कक्षा ९ मा अध्ययनरत थिइन्। गएको शनिबारदेखि हराएको भनिएका उनीहरुलाई खोजी गर्ने क्रममा घरभन्दा केही टाढा पर्ने तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालले जानकारी दिए। ती दुई बीच प्रेम रहेको र बिहे गर्न अनुमति नदिए पछि उनीहरुले घर छाडेर भागेको बताउदै आइएको थियो।
उनीहरु एउटै डोरीमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन्। उनीहरुले आत्महत्या गरेको आशंका गरिएको छ। ती किशोर-किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ। सांकेतिक चित्र










