चितवनमा १४ वर्षीया छोरीलाई गर्भवती बनाए पछि गर्भपतन गराएर भागेका बाबु धादिङबाट पक्राउ

चितवनमा १४ वर्षीया छोरीलाई गर्भवती बनाए पछि गर्भपतन गराएर भागेका बाबु धादिङबाट पक्राउ
२०८१ पुस २४ गते बुधबार ०९:२३

चितवनमा १४ वर्षीया छोरीलाई गर्भवती बनाएपछि अस्पताल लगेर गर्भपतन गराई भागेका एक जना धादिङमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। १४ वर्षकी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा चितवनमा एक जना बुबा पक्राउ परेका छन्। २०८०...

चितवनमा १४ वर्षीया छोरीलाई गर्भवती बनाएपछि अस्पताल लगेर गर्भपतन गराई भागेका एक जना धादिङमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्।

१४ वर्षकी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा चितवनमा एक जना बुबा पक्राउ परेका छन्।

२०८० असोज १० गतेदेखि पटक पटक बलात्कार गरि गर्भवती भएकी १४ वर्षीया छोरीलाई भरतपुर असपतालमा लगेर गर्भपतन गराई भागेका चितवन निवासी बुबा आइतबार धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , बाबुले पत्थरीको शल्यक्रिया गरेको भनेर घरमा ढाँटेपनि मावली हजुरआमासँग बालिकाले घटनाबारे भनेपछि उनैले इलाका प्रहरी कार्यालय टाँडीमा जबरजस्ती करणी अभियोगमा जाहेरी दिएकी थिइन् । तर, बालिकाकी आमाले पनि छोरीको न्यायको लागि सहयोग नगर्दा फरार रहेका बाबुलाई १५ महिनादेखि चितवन प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय चिवनका डिएसपी ज्ञानकुमार महतोका अनुसार लुकेर बसेको अवस्थामा बालिकाकी बाबुलाई नियन्त्रणमा लिइएको हो । उनलाई चितवन ल्याइ पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०९:२३
प्रतिक्रिया दिनुहोस्