सम्पादनसँगै निर्देशनमा ब्यस्त सुवास (भिडियो सहित)

सम्पादनसँगै निर्देशनमा ब्यस्त सुवास (भिडियो सहित)
२०८१ पुस २४ गते बुधबार ०७:५१

पोखरामा रहेर म्युजिक भिडियो सम्पादनमा ब्यस्त रहेका सुवास अम्गाईद्धारा निर्देशित गीत ‘पिरतीको घाउ’ बजारमा आएको छ । एक सच्चा प्रेमको कारुणिक बिछोडमा आधारीत रहेर निर्माण गरिएको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युबबाट सार्वजनिक...

पोखरामा रहेर म्युजिक भिडियो सम्पादनमा ब्यस्त रहेका सुवास अम्गाईद्धारा निर्देशित गीत ‘पिरतीको घाउ’ बजारमा आएको छ । एक सच्चा प्रेमको कारुणिक बिछोडमा आधारीत रहेर निर्माण गरिएको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युबबाट सार्वजनिक गरिएको हो ।

पोखरेली स्रजक श्रीराम गौतमको शब्द संगीतमा स्वर सम्राट राजु परियार र कमला पोख्रेलको आवाज गीतमा सुन्न सकिन्छ भने अस्मीता अधिकारी, जीवन वाग्ले, समिर तिमिल्सीना लगायको अभिनय समेत देख्न सकिन्छ । गीतलाई गणेश सापकोटाले छायांकन गरेका हुन् भने सम्पादन भने स्वयं निर्देशक अम्गाईले गरेका हुन् । गीतलाई फलानो क्रियशनले उत्पादन गरेको हो ।

 

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०७:५१
प्रतिक्रिया दिनुहोस्