प्रचण्डले लिए भक्काको स्वाद

प्रचण्डले लिए भक्काको स्वाद
२०८१ माघ ५ गते शनिवार ०९:३४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् । मोरङको बिराटनगर पुगेका प्रचण्डले आज शनिबार बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा...

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् ।
मोरङको बिराटनगर पुगेका प्रचण्डले आज शनिबार बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् ।
तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्रिया दिएका छन् ।उनको साथमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता पनि थिए । राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक संजाल फेसबूक मार्फत पोस्ट गरेका छन् । शनिबार दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने समेत उनले जानकारी दिएका छन् ।
मोरङको बस्तीमा अहिले सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । यो परिकार पुस–माघको चिसो मौसममा हुरहुरी बाफ उड्ने गरि तातो खाजाका रुपमा भक्का राजवंशी समुदायका महिलाले बनाउने गर्दछन् । भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । यो प्रायः चिया र अचारसँग खाने गरिन्छ । भाक्का पोसिलो, स्वादिलो र आडिलो हुने भएकाले जनमानसमा लोकप्रिय बनिसकेको छ।
झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो मानिन्छ ।

प्रकाशित मिति २०८१ माघ ५ गते शनिवार ०९:३४
प्रतिक्रिया दिनुहोस्