क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्‍जालमा लेखे भावुक स्टाटस

क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्‍जालमा लेखे भावुक स्टाटस
२०८१ माघ ६ गते आईतबार १०:४६

क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ।...

क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ।

अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन। कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन्।

लामिछानेले लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।’

उनको पोस्टमा कमेन्ट गर्ने कतिपयले उनलाई अहिले नै क्रिकेट खेलबाट सन्यास नलिन सुझाव दिएका छन्। केही खेलमा भनेजस्तो नभए पनि मन नदुखाउन र आफ्नो लयमा चाँडै फर्किन पनि सन्दीपका समर्थकले उनलाई आग्रह गरेका छन्।

प्रकाशित मिति २०८१ माघ ६ गते आईतबार १०:४६
प्रतिक्रिया दिनुहोस्