गुडिरहेको बसबाट खसेर तनहुँमा सहचालकको मृत्यु

गुडिरहेको बसबाट खसेर तनहुँमा सहचालकको मृत्यु
२०८१ माघ ६ गते आईतबार ०९:२२

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । पोखराबाट नारायणगढ जाँदै गरेको बा४ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

पोखराबाट नारायणगढ जाँदै गरेको बा४ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रनाउ थापाका अनुसार पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव बोहोराको आइतबार दिउँसो मृत्यु भएको हो। बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति २०८१ माघ ६ गते आईतबार ०९:२२
प्रतिक्रिया दिनुहोस्