भारतको गोवामा भएको प्याराग्लाइडिङ दुर्घटनामा एक नेपाली पाइलटसहित दुई जनाको मृत्यु भएको छ । शनिबार बेलुका ५ बजेतिर भएको उक्त प्याराग्लाइडिङ दुर्घटनामा परेर भारतको पुना निवासी शिवानी डबले र उनको प्रशिक्षक २६ वर्षीया नेपाली सुमल नेपालीको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। सुमनको भने ठेगाना खुलाइएको छैन ।
अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।
प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०८:०१