बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण : जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण : जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग
२०८१ माघ १३ गते आईतबार ०६:५८

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्रीसँग...

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्रीसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठामडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गरिदिएको थियो ।

कास्कीमा लामिछानेलगायतलाई पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने जिकिर गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको छ । उच्चले लामिछानेलगायतलाई छाड्नुको कारण माग गरेको छ ।

प्रकाशित मिति २०८१ माघ १३ गते आईतबार ०६:५८
प्रतिक्रिया दिनुहोस्