पोखराको हेम्जामा मोटरसाइकलको ठक्करबाट एकजना महिला गम्भीर घाइते

पोखराको हेम्जामा मोटरसाइकलको ठक्करबाट एकजना महिला गम्भीर घाइते
२०८१ माघ १३ गते आईतबार ०७:०७

पोखरा महनागरपालिका वडा नं २५ हेमजाको म्याग्दीचोकमा आज दिउँसो मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते हुनेमा पर्वत मोदी गाउँपालिका वडा नं २ देउपरकी ९२ वर्षीया गौरी जैशी रहेकी छन् । उनलाई उपचारका लागि...

पोखरा महनागरपालिका वडा नं २५ हेमजाको म्याग्दीचोकमा आज दिउँसो मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

गम्भीर घाइते हुनेमा पर्वत मोदी गाउँपालिका वडा नं २ देउपरकी ९२ वर्षीया गौरी जैशी रहेकी छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

आज दिउँसो करिब ४ बजे सुइँखेतबाट हरिचोक आउँदै गरेको ध१प८७८२ नम्बरको मोटरसाइकलले जैशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र चालक पर्वत फलेवास नगरपालिका वडा नं २ मुडीकुवाका ३४ वर्षका कविन्द्र कौडेललाई नियन्त्रणमा लिएको छ । उनलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति २०८१ माघ १३ गते आईतबार ०७:०७
प्रतिक्रिया दिनुहोस्