काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण हुने

काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण हुने
२०८१ माघ १६ गते बुधबार ०८:३९

पोखरा, १६ माघ । नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा...

पोखरा, १६ माघ । नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।
७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिहरु कार्यक्रममा सहभागि रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की काँग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाई छ ।
‘महत्वपूर्ण कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो, सभापति बरालले भन्नुभयो, यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’ सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरु गठन गरी काम भैरहेको छ ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०८:३९
प्रतिक्रिया दिनुहोस्