पृथ्वी राजमार्गको चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा सडक एकतर्फी संचालनमा आएको छ।
काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकलाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कारले ओभरटेक गर्न खोज्दा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पानीधारामा सडक एकतर्फी संचालनमा आएको हो ।
उक्त दुर्घटनामा परेर कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:५९