स्याङ्जामा स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
स्याङ्जा जिल्लाको वालिङ् नगरपालिका १४ तमादी स्थित वालिङ् पर्वत कच्ची सडकखण्डमा आज (मंगलबार) बिहान करिब ८ बजे स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । वालिङ्बाट सिरबानी जाँदै गरेको ग १ च ८९१३ नम्बरको स्कार्पियो जिप सडकबाट ४ मिटर तल खस्दा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा स्याङ्जा वालिङ् नगरपालिका – १४ सिरबानीका ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे र ५२ वर्षीय भिम प्रसाद डुम्रे, पर्वत पैँयु गाउँपालिका – ६ हुवासका ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी घाइते भएको प्रहरीले जानकारी दिएका छन् । घाइतेहरुलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचार भइरहेको छ अन्य तिन जना भने सकुशल रहेका छन् ।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाई छ ।










