पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
२०८१ माघ २३ गते बुधबार ११:४२

ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलकारको निर्माण कार्य तत्कालका लागि रोक्न सरकार सहमत भएको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार राती भएको वार्तामा...

ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलकारको निर्माण कार्य तत्कालका लागि रोक्न सरकार सहमत भएको छ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार राती भएको वार्तामा त्यस्तो सहमति भएको हो। सरकारसंग भएको छ बुदे सहमतिसंगै आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले समूहले तत्कालका लागि आन्दोलनका समोउर्न कार्यक्रमहरु स्थगित गरेको छ।

सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।

सरकार र ‘नो केबलकार समूह’ बीच सहमति भए लगत्तै सोहि सहमति बमोजिम उक्त आन्दोलनका क्रममा पक्राउ परेका सबै आन्दोलनकारी हिरासतमुक्त भएका छन्।

यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ ।

यसैगरी, गत माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ११:४२
प्रतिक्रिया दिनुहोस्