पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव निर्वाचन आयोगमा

no-image
२०७८ असार ४ गते शुक्रबार ०९:५६

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको...

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो ।

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाए ।आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०९:५६
प्रतिक्रिया दिनुहोस्