बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने ३ जना पोखराको लेकसाइडबाट पक्राउ

बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने ३ जना पोखराको लेकसाइडबाट पक्राउ
२०८१ माघ २६ गते शनिवार ०१:२०

पोखरा । पोखरामा बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका– ६ लेकसाइडबाट बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी...

पोखरा । पोखरामा बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका– ६ लेकसाइडबाट बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका– ५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटन बस्ने ३१ वर्षिया ईन्दिरा बि.क., सोही ठाउँ बस्ने ३६ वर्षिय कोराजन बि.क.र खोटाङ हलेसी नगरपालिका –१ बस्ने २७ वर्षिया जुनु भन्ने लक्ष्मी राई रहेका छन् ।

अन्दाजी रु. ५ करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु.१३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले उनीहरुको घर कोठा समेत खानतलासी लिँदा ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाटसेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका रु.३१ लाख बराबरका ४ थान चेकर मोवाईल थान ४ समेत बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिवार ०१:२०
प्रतिक्रिया दिनुहोस्