बाख्रीको मासुमा खसीको अण्डकोष टाँसेर बेच्ने फ्रेस हाउस संचालक पक्राउ

बाख्रीको मासुमा खसीको अण्डकोष टाँसेर बेच्ने फ्रेस हाउस संचालक पक्राउ
२०८१ माघ ३० गते बुधबार १२:११

खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका संचालक सोही स्थानका ४१ बर्षका हारुन मियाँ अन्सारी रहेका छन् । पक्राउ...

खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका संचालक सोही स्थानका ४१ बर्षका हारुन मियाँ अन्सारी रहेका छन् ।

पक्राउ परेका उनले बाख्रीको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको पसलबाट १५ केजि बाख्रीको मासु समेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका अन्सारीलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको लम्सालले बताए ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार १२:११
प्रतिक्रिया दिनुहोस्