पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते
२०८१ फाल्गुण ८ गते बिहिबार ०६:०५

पोखरा । पोखरामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सिर्जनाचोबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको...

पोखरा । पोखरामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सिर्जनाचोबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङ रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण ८ गते बिहिबार ०६:०५
प्रतिक्रिया दिनुहोस्