लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्‍ने

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्‍ने
२०८१ फाल्गुण ८ गते बिहिबार ०८:५४

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर...

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।

नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाले गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो। साम्बाले प्रहार गरेको यही गोल नै नेपाललाई फाइनलमा पुर्‍याउन पर्याप्त भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको थियो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतार्ने निर्णय सही सावित भएको छ।

नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी थिइन्। रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल पनि गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् । बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो ।

लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्ने तालिका छ। त्यहीअनुसार नेपाल गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार बिहीबार भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण ८ गते बिहिबार ०८:५४
प्रतिक्रिया दिनुहोस्