अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल: उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल: उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै
२०८१ फाल्गुण १४ गते बुधबार ०८:५६

पोखरा/ घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार भिडने भएका छन् ।फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा...

पोखरा/ घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार भिडने भएका छन् ।फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।

लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका कमजोरी सुधार गर्दै आजको खेलमा टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८१ फाल्गुण १४ गते बुधबार ०८:५६
प्रतिक्रिया दिनुहोस्