पोखरा चैत ४/ पोखरा इन्टरनेटले ग्राहक सहायता सेवालाई अझै प्रभावकारी बनाउदै लगेको छ । इन्टरनेटले ग्राहकहरूको समस्यालाई छिटो समाधान गर्नका लागि ग्राहक सहायता सेवानै सञ्चालन गरेको र थप प्रभावकारी बनाएको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन । यदि तपाईंलाई इन्टरनेटमा कुनै समस्या छ भने, अब झन् छिटो समाधान प्राप्त गर्न सक्नुहुन्छ उनले भनिन्। इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०१:०२