पोखरा चैत ६/ त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ ।
आगामी आइतबार (चैत १०) गते बिहान ८ बजेदेखि निर्वाचन हुनेगरी समय तय गरिएको क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले जारी गरेको सुचनामा उल्लेख रहेको छ ।
अखिल छैटौंको चुनाव चिह्न बिना मतपत्र छापिएपछि विवाद भएको थियो । सोही विवादका कारण रोकिएको मतदान आगामी आइतबार हुने उल्लेख छ ।क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:४३