विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गयो, सात जना घाइते

विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गयो, सात जना घाइते
२०८१ चैत २७ गते बिहिबार ०३:०१

पोखरा चैत २८/ देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एकरएक जनाको ज्यान गएको हो ।गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६...

पोखरा चैत २८/ देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एकरएक जनाको ज्यान गएको हो ।गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको ज्यान गएको हो । चट्याङ लागेर मृतक नागरीका छोराछोरीसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।यस्तै बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

चट्याङ लागेर लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्ने १५ वर्षीया किशोरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै हिजो झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै ज्यान गएको थियो ।अहिले प्रिमनसुनको बेला चट्याङका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्छ ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०३:०१
प्रतिक्रिया दिनुहोस्