टी–२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै

टी–२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै
२०८१ चैत ३० गते आईतबार ०८:२७

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको...

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ।
आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।
हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन्। यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो।

प्रकाशित मिति २०८१ चैत ३० गते आईतबार ०८:२७
प्रतिक्रिया दिनुहोस्