सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९१ हजार रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९१ हजार रुपैयाँ पुग्यो
२०८२ बैशाख ८ गते सोमबार ०२:१४

पोखरा बैशाख ८/ सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार...

पोखरा बैशाख ८/ सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।त्यस्तै चाँदीको भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख ८ गते सोमबार ०२:१४
प्रतिक्रिया दिनुहोस्