जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला

जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला
२०८२ बैशाख १२ गते शुक्रबार ०६:५१

पोखरा, १२ वैशाख/ जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष...

पोखरा, १२ वैशाख/ जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले क्याम्पसमा कार्यरत प्राध्यापकहरू प्रविधिमा दक्ष हुँदा विद्यार्थी वर्ग लाभान्वित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले डिजिटल युगमा प्रविधिमैत्री शिक्षण अनिवार्य बन्दै गएको उल्लेख गर्दै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्राध्यापकहरूलाई आग्रह गरे । बरालले कार्यशालाबाट प्राध्यापकहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र दक्षता विकास हुने विश्वास व्यक्त गरे ।

बिबिए, बिआइएम तथा आइटी युनिटका संयोजक यामकुमार बरालले कार्यशालालाई सीमित सैद्धान्तिक र अधिक व्यवहारिक हुने गरी प्रस्तुतीकरण गरिएको जानकारी दिए । बरालले क्याम्पसलाई पूर्णतय डिजिटल र प्रविधिमैत्री बनाउने हेतुले सञ्चालन गरिएको कार्यशालामा जनप्रियका ३१ जना प्राध्यापकको सक्रिय सहभागिता रहेको बताए । क्याम्पसमा कार्यरत प्राध्यापकहरूको डिजिटल साक्षरता, शिक्षण सिकाइमा प्रयोग हुने सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस), एआइ टुल्स सञ्चालनमा दक्षता अभिवृद्धि गर्ने, शिक्षणमा प्रयोग हुने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी जानकारी दिने उद्धेश्यले कार्यशालाको डिजाइन गरिएको थियो ।

कार्यशालामा सहभागी पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, पूर्व निमित्त क्याम्पस प्रमुख रमेशबहादु खड्का र अर्थशास्त्र विभागकी प्रमुख शिलु चालिसेले तालिमले आफ्नो व्यावसायिक क्षमतामा महत्वपूर्ण योगदान पु¥याएको अनुभव आदानप्रदान गरे । त्रिभुवन विश्वविद्यालयका आइसिटी एजुकेसन विभागका प्रमुख उपप्राध्यापक रोमकान्त पाण्डे र उक्त विभागका पूर्व प्रमुख उपप्राध्यायक डा. वेदप्रसाद ढकालले कार्यशालाको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति २०८२ बैशाख १२ गते शुक्रबार ०६:५१
प्रतिक्रिया दिनुहोस्