पोखरा बैशाख १३/होटल ल्यान्डमार्क एण्ड रिसोर्टको सिओओ बोधराज लम्साल नियुक्त भएका छन् । लम्साल यस अधि रिसोर्ट समूहका महाप्रबन्धकको रुपमा कार्यरत रहेका थिए । नवलपरासीको गैडाकोट १ का निवासी लम्साले भारतमा चार र पाँच–तारे होटलमा जनरल म्यानेजर र क्लस्टर जनरल म्यानेजरको रूपमा एक दशक काम गरेको अनुभव रहेको छ । नियुक्त भए पछि लम्सालले भने ‘मेरो लक्ष्य उत्कृष्ट सेवा मानकलाई निरन्तर अगाडि बढाउँदै टीमलाई सँगै लिएर नेपालको आतिथ्य उद्योगलाई विश्वस्तरमा पु¥याउनु हो, हामी नयाँ होटेलहरु थप्ने सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्दै अतिथिलाई सम्झन लायक अनुभव दिलाउनेछौं’ उनले भने ।
होटलका सिइओ सिएन पाण्डेले लम्साललाई बधाई दिदै भने ‘बोधराजको व्यावसायिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय अनुभवले हाम्रो सेवा स्तरमा नयाँ ऊर्जा थप्नेछ। उनको नेतृत्वमा समूहले अतिथिलाई सादर स्वागत र अविस्मरणीय अनुभव दिन अझ प्रतिबद्ध हुनेछ’उनले भने । हाल ल्यान्डमार्कले काठमाडौँ, पोखरा, सौराहा र भैरहवामा चार होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ। यस्तै आगामी बैशाख अन्त्य अघिनै समूहले भरतपुर र देवघटमा दुई नयाँ होटल थप्दै नेपालको आतिथ्य क्षेत्रमा अझै मजबुत उपस्थिती सुनिश्चित गर्ने योजना रहेको होटलले जनाएको ।










