पोखरा बैशाख १४/स्याङ्जा कारागारमा रहेका ८० जना कैदिबन्दिहरुको दृष्टि विशेषज्ञद्वारा निशुल्क आँखा परिक्षण गरिएको छ । पुतलीबजार नगरपालिका १ स्थित हुलाकमार्गमा रहेर सेवा प्रदान गरिरहेको मनकामना आँखा उपचार केन्द्र र अधिवक्ता अनन्त रेग्मी तथा पुतलीबजार नगरपालिकाको सहयोग तथा लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिसको सहयोगमा स्याङ्जा कारागारमा रहेका ७६ जना पुरुष र ४ महिला गरि ८० जना कैदिबन्दिहरुलाई निशुल्क आँखा जाँच सेवा प्रदान गरिएको हो । सो कारागारमा रहेका ४६ जना कैदिलाई निशुल्क चश्मा र आवश्यकता अनुसार निशुल्क औषधि वितरण गरिएको मनकामना आँखा उपचार केन्द्रका संचालक तथा दृष्टि विशेषज्ञ दिपल वि क ले बताए ।
प्रकाशित मिति २०८२ बैशाख १४ गते आईतबार ०७:३४