पोखरामा व्यापारी तथा कर्मचारी कुटेको आरोपमा पक्राउ परे वडाध्यक्ष देवकृष्ण पराजुली

पोखरामा व्यापारी तथा कर्मचारी कुटेको आरोपमा पक्राउ परे वडाध्यक्ष देवकृष्ण पराजुली
२०८२ बैशाख २४ गते बुधबार ०९:०६

पोखरा बैशाख २४/ पोखरामा व्यापारी तथा कर्मचारीमाथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले बुधबार अपरान्ह पोखरा १६,ढिकीडाँडाबाट...

पोखरा बैशाख २४/ पोखरामा व्यापारी तथा कर्मचारीमाथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले बुधबार अपरान्ह पोखरा १६,ढिकीडाँडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार वडाध्यक्ष पराजुलीका विरुद्ध पोखरा ४,सर्वेश्वर मार्गमार्गका व्यवसायी लेखनाथ सुवेदी तथा पोखरा महानगरका कर्मचारी ईश्वरी पौडेलमाथि हातपात गरेको उजुरी परेको छ। यसै बिच कर्मचारीमाथि भएको हातपातको बिरोधमा स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्।

तीनवटै संगठनका अध्यक्षद्वारा जारी विज्ञप्तिमा २४ घण्टाभित्र कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरुले आक्रमणको विरोधमा बुधबार सवै वडाको दैनिक कामसमेत रोकेका थिए।

 

प्रकाशित मिति २०८२ बैशाख २४ गते बुधबार ०९:०६
प्रतिक्रिया दिनुहोस्