पोखरा जेठ १/ नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आएपछि देशभर विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
प्राधिकरणका अनुसार, भारतबाट आउने ४०० केभी प्रसारण लाइन सर्ट भएर विद्युत आपूर्ति प्रभावित भएको हो। करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको छ ।यसअघि देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।तर समाजिक सञ्जालमा भने के अब लोडसेडिङ हुन लागेको हो भनेर खैलाबैला भएको छ ।
प्रकाशित मिति २०८२ जेठ २ गते बिहिबार ०९:१३