पोखरा जेठ ५/ पोखरा महानगरपालिका वडा १९ ले मानिसक वा मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरूका लागि ५० हजार बरावरको सहयोग गरेको छ।आइतबार साथी संगी समूह पोखरा १९ का सदस्हरूका लागि मानिसक वा मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरूका लागि उक्त सहयोग गरेको कोशिश सस्थाका सामुदायिक अभियानकर्ता युमाया थापाले बताईन् ।
उक्त वडामा मानसिक स्वास्थ्य समस्या भएका अति विपन्न ५ जना ब्यक्तिहरुको स्वास्थ्य बीमा गरिएको छ भने ९ जना मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सक डा.लिपा वैद्य,मानकाजी थापा र राजन घिमिरे मार्फत मानसिक स्वास्थ्य जाँच गरी औषधि उपचारमा गरिएको थियो अभियानकर्ता थापाको भनाइ रहेको छ ।
कार्यक्रममा वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे र वडा सचिव सुजन शर्माले गएको आर्थिक बर्ष देखि सो समुहलाई बजेट विनियोजन गर्दै आईरहेको बताउदै ,आगामी आर्थिक बर्षमा पनि वडामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि स्वास्थ्य बीमा र आयआर्जन मा संलग्न गराउनको लागि बजेट विनियोजन गर्नको लागि कोशिश कास्की मार्फत प्रस्तावना पेश गर्ने भनी कोशिश कास्कीलाई सुझाव समेत प्रदान गर्नुभएको थियो । कोशिश संस्थाले गरेको निरन्तर पैरवीका कारण पोखरा १९ ले बजेट विनियोजन गरी कोशिश कास्की मार्फत कार्यान्वन गर्दै आईरहेको छ।










