पोखरा जेठ ८/पोखराका एक युवा स्याङ्जामा लागू औषधसहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथ बस्ने २६ वर्षका अजित परियार लागू औषध सहित स्याङ्जाको वालिङमा समातिएका हुन्।
बुटवलबाट पोखरा तर्फ आउदै गरेको बा २ ख१५९२ नम्बरको हाइसमा सवार परियारलाई बिहिबार लागू औषध डाइजेपाम ७ एप्पुल, फेनारेगन ७ एप्पुल , र आइपिल ७ एप्पुल गरी जम्मा २१ एप्पुलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए।
प्रकाशित मिति २०८२ जेठ ९ गते बिहिबार ०९:३४