पोखरा जेठ १३ / पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन्।
मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्ररछात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।
पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले बताए ।
यो पटक नियमित हुँदै आएको तीन किमि छात्ररछात्रा दौड यो महिना स्थागित गरी ५ किमिलाई निरन्तरता दिइएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । जेठ १७ गते हुने मासिक दौड छैटौं संस्करणको समेत हुने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्










