मर्दीखोलामा पौडी खेल्दा डुबेर २ बालकको मृत्यु

मर्दीखोलामा पौडी खेल्दा डुबेर २ बालकको मृत्यु
२०८२ जेठ १६ गते बिहिबार ०९:३१

पोखरा जेठ १५/ मर्दी खोलाम पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको...

पोखरा जेठ १५/ मर्दी खोलाम पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहिबार ०९:३१
प्रतिक्रिया दिनुहोस्