पोखरा जेठ १६/ पोखराको ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा शुक्रवार ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मर्दिखोलालाई बेनपाले पराजित गरेको छ। दोस्रो खेलमा घान्द्रुकले जेपिटीलाई पराजित गरेको थियो। यस्तै, तेस्रो खेलमा वियुजीले टिजी ब्रर्दशलाई पाखा लगाउन सफल भयो। चौथो खेलमा गलेश्वर ह्वाइटले त्रिशक्तीलाई पाखा लगायो भने,अन्तिम खेलमा बि थर्टिन बिलाई बेनपाले पराजित गरेको खेल संयोजक अशोककुमार शाहीले जानकारी दिए।
प्रतियोगिता अन्तरर्गत शनिवार सेमिफाइनल र फाइनल खेल हुने संयोजक शाहीले जनाए । कुल २० टिमको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेले १५ हजार,दोस्रो हुनेले ८ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल छात्र,छात्राले दुई,दुई हजार प्राप्त गर्दा टप स्कोररले छात्र,छात्राले एक,एक हजार रुपैँया प्राप्त गर्ने छन् ।यसै बिच बिद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपलाई पनि जारी राखेको छ । जस अन्तरर्गत होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यासमा करिव १०० जना विद्यार्थीको सहभागिता रहेको छ ।










