डाँकाहरुद्वारा गएराती सप्तरीमा दाजुको हत्या र भाइलाई घाइते बनाएपछि लुटपाट

डाँकाहरुद्वारा गएराती सप्तरीमा दाजुको हत्या र भाइलाई घाइते बनाएपछि लुटपाट
२०८२ जेठ २४ गते शुक्रबार ०१:११

पोखरा जेठ २३/ सप्तरीमा गएराती डाँका समूहले गोली हानेर एक जनाको हत्या गरेका छन् भने अर्का एक जनालाई घाइते बनाएका छन्।डाँका समूहले सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा गएराती गोली हानेर स्थानीय ५० वर्षीय कान्तालाल चौधरीको हत्या...

पोखरा जेठ २३/ सप्तरीमा गएराती डाँका समूहले गोली हानेर एक जनाको हत्या गरेका छन् भने अर्का एक जनालाई घाइते बनाएका छन्।डाँका समूहले सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा गएराती गोली हानेर स्थानीय ५० वर्षीय कान्तालाल चौधरीको हत्या गरेका हुन् भने उनका भाइ रमाकान्तलाई घाइते बनाएका छन्।

भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार , गएराती करीब एक बजेको समयमा ४ – ५ जनाको समूहमा आएका डाँकाहरुको समूहले कान्तालालको घरमा लुटपाट गर्न थालेपछि उनीहरुले प्रतिकार गरेका थिए। घरधनी समेत रहेका कान्तालाललाई डाँकाहरुले शुरुमा धारिलो हतियार प्रहार गरेर घाइते बनाए पछि गोली हानेर हत्या गरेको पाइएको प्रहरी प्रमुख खतिवडाले जानकारी दिए।

दाजुको घरमा होहल्ला भएको सुनेपर त्यहाँ पुगेका रामाकान्तलाइ डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेर घाइते बनाएका प्राप्त समाचारमा जनाइएको छ । त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०र६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाएर घतान्स्थल पुगेको प्रहरीले घटनास्थलबाट नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत बरामद गरेको र त्यस सम्बन्हामा आबश्यक अनुसंहान कारबाही चलिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०१:११
प्रतिक्रिया दिनुहोस्