पोखरा असार ७/ चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको ज्यान गएको छ । चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१(०१(००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृतकको सनाखत भएको छैन ।डिएसपी खनालले घाइतेको उपचारसँगै मृत्यु भएका र घाइते भएका यात्रुको पहिचान गर्ने काम भइरहेको बताए।ठोक्किएका दुवै गाडी सडकमै रहेकाले अहिले पूर्व(पश्चिम राजमार्गको उक्त खण्ड ठप्प भएको थियो। अहिले डाइभर्सन बनाएर सवारी साधन आवत जावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।










