पोखरामा महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएकाहरु पक्राउ

पोखरामा महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएकाहरु पक्राउ
२०८२ असार २६ गते बिहिबार १०:११

पोखरा असार २६/ पोखरामा महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरु काठमाडौबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक...

पोखरा असार २६/ पोखरामा महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरु काठमाडौबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडांै गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।

प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।

उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २६ गते बिहिबार १०:११
प्रतिक्रिया दिनुहोस्