पोखरा असार ३१/ कास्कीको माछापुच्छ्रे गाउँपालिका बाट ५ जना जुवाडे पक्राउ । गाउँपालिका ७ फेदीमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ५ जना जुवाडेलाई जुवाखालसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ७३ हजार र ४ बुक तास बरामद गरेको कास्की प्रहरीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जनाए ।
पक्राउ पर्नेहरुमा:
कास्की माछापुच्छ्रे गा।पा। वडा नं। ७ फेदी बस्ने बर्ष ४१ को बिनोद गुरुङ,
कास्की माछापुच्छ्रे गा।पा। वडा नं। ७ फेदी बस्ने बर्ष ५३ को धिर बहादुर गुरुङ,
कास्की माछापुच्छ्रे गा।पा। वडा नं। ७ फेदी बस्ने वर्ष ४७ को कृष्ण बहादुर गुरुङ,
कास्की माछापुच्छ्रे गा।पा। वडा नं। ८ ल्वाङघलेल बस्ने बर्ष ४० को चन्द्रमान तामाङ,
कास्की पोखरा म।न।पा। वडा नं। २५ सुईखेत बस्ने बर्ष ४० को गंगा बहादुर थापा,










