आज साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार  देशभरका शिवालयमा भक्तजनको भीड
२०८२ साउन ६ गते सोमबार ०५:५८

पोखरा साउन ४/ आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष...

पोखरा साउन ४/ आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०५:५८
प्रतिक्रिया दिनुहोस्