सञ्चालनमा नआउँदै भत्किन थाल्यो तम्घासको थ्रिडी पार्क

सञ्चालनमा नआउँदै भत्किन थाल्यो तम्घासको थ्रिडी पार्क
२०७८ असार १३ गते आईतबार ११:२२

गुल्मी : रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क दिसा गर्ने स्थानको रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन। पार्कमा स्थानीयको मनपरि चलको छ। पार्कमा जानेहरुले फोहोर गर्ने, शौच...

गुल्मी : रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क दिसा गर्ने स्थानको रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन।

पार्कमा स्थानीयको मनपरि चलको छ। पार्कमा जानेहरुले फोहोर गर्ने, शौच गर्ने गरेको पाइएको छ। प्रवेशद्वार गेट भाँचिएको छ। अन्य संरचनाहरु पनि भत्किन थालेका छन्।

रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो।

तम्घासको पहिचान नै गुम्यो

पहिले  लाँकुरी मञ्चको नाममा चिनिने उक्त स्थलको अहिले पहिचान गुमाएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे बताउँछन्।

विभिन्न संघ संस्था, संगठन र दलहरुले त्यस मञ्चमा उभिएर सरकारलाई खबरदारी गर्ने वर्षौंको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको पाण्डको आरोप छ। उनले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्ने बताए।

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार पार्क परिसरमा जाँदा दिसा देखेपछि परिसरभित्र नगई फर्किएकी थिइन्। उनले पार्क सञ्चालनबारे बुझ्ने बताएकी छन्।

नगरप्रमुख र वडाध्यक्षको जुहारी

रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले वडाध्यक्ष र उपभोक्ता समितिको अध्यक्ष पार्क सञ्चालनबारे गम्भीर नभएको आरोप लगाएका छन्। पार्क निर्माणका लागि वडाध्यक्ष भरत भलामीले नै प्रस्ताव ल्याएका कारण बजेटको व्यवस्थापन गरे पनि उनीहरुले नै नगरपालिकालाई हस्तान्तरण नगर्नु दुःखद भएको भुसाल बताउँछन्।

वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षलाई छिटो हस्तान्तरण गर्न पत्र काट्दा समेत आनाकानी गरेकाले साउनपछि हस्तक्षेप गरेरै भए पनि सञ्चालनमा ल्याउने उनले दाबी गरे।

यता वडा नम्वर ८ का वडाअध्यक्ष भरत भलामीले भने नगरप्रमुखले अरुलाई आरोप लगाएर उम्कन नपाउनले बताउँछन्। पार्क निर्माण कार्य नगर स्तरीय भएको र सबैको सहयोगले मात्रै पार्क सञ्चालन गर्न सकिने उनको भनाइ छ। नगरपालिकाले नै प्रदेशसँग प्रस्ताव पेश गरी नगर र प्रदेशको साझेदारीमा कार्यक्रम भएकाले वडाध्यक्षलाई मात्र आरोप लगाएर कोही उम्कन नसक्ने भलामी बताउँछन्।

पछिल्लो सममा पार्कका सामग्रीहरु बिग्रने र भत्कने भएकाले काठमाडौँबाट दक्ष जनशक्ति बोलाइएको र ढिलोमा दशैंअगावै पार्क सञ्चालनमा आउने भलामीको दाबी छ।

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार ११:२२
प्रतिक्रिया दिनुहोस्